काठमाडौं । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा उच्च गिरावट आएको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७९ लाख ९१ हजार ८८ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६६ लाख ७६ हजार ३९ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ३५ करोड २२ लाख ८७ हजार सात सय १० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५९ करोड ९३ लाख ९८ हजार नौ सय ४८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ९८ लाख दुई सय ८० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ३५ करोड एक लाख ४२ हजार दुई सय ९२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५३ करोड २५ लाख २० हजार तीन सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ६० हजार दुई सय ४२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १४ दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।