काठमाडौं । ।हिमालयन बैंकको नयाँ बानेश्वर शाखा स्थानान्तरण भएको छ । हिमालयनले सिभिल बैकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखा सञ्जालमध्ये नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरिएको हो ।
आइतबारदेखि सञ्चालनमा आएको कोटेश्वर शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले गरेका हुन् । यसअघि नयाँ बानेश्वरमा हिमालयन बैंकका दुई वटा शाखाहरू रहेका थिए । बैंकले हाल नेपालभर फैलिएका एक सय ७४ वटा शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, दुई सय ८२ एटीएम, आठ हजारभन्दा बढी पस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।