काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था घाटामा देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड ३४ लाख १३ हजार पाँच सय सात रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई करोड ६४ लाख १८ हजार छ सय ३३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
हाल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा दुई अर्ब ८८ करोड ४३ लाख ६२ हजार ४६ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७९ करोड ९९ लाख २० हजार नौं सय ४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ८९ लाख एक हजार एक सय ७२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने तीन करोड ६७ लाख ९२ हजार एक सय ३१ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर सात दशमलव १० प्रतिशत रहेको छ ।