काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ३३ दशमलव शुन्य आठ अंकले ओरालो लागेर २५ सय ७६ दशमलव ५० बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २८ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ६९ हजार नौं सय २३ पटकको कारोबारमा एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये अन्य उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।