काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्ले दिन ३३ अंकले ओर्र्लिको नेप्से परिसुचक आज बुधबार भने पाँच दशमलव १० अंकले उकालो लागेर २५ सय ८१ दशमलव ६० बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५८ अंकले ओरालो लागेर चार सय ४४ दशमलव १२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ४३ हजार सात सय २९ पटकको कारोबारमा ९४ लाख ३४ हजार नौ कित्ता शेयरख किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक ओरालो लागेपनि बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा सहितका आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।