काठमाडौँ । काठमाडौँमा बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले राससलाई जनाएको छ ।

केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार २०७२ सालको गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।