काठमाडौं । चर्चित बालगायक सचिन परियारको बिहीबार बिहान १०:४५ बजे निधन भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका १३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।
सचिनले ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गाएका प्रमुख गीत हुन् । हास्य श्रृंखला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए ।