काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ महादेव खोलास्थित सडकमा बा.३ ख ३३४४ नम्बरको मिनि टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा ३ वर्षीय दिप्शन कुमार धिमालको बिहीबार बिहान मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१० चौराहा चोकस्थित सडकमा खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ८५५९ नम्बरको माईक्रो बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।