काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । बिगमार्टको काठमाडौं उपत्यकामा ९८, पोखरामा पाँच वटा र चितवनमा चार गरी नेपाल अधिराज्यभर एक सय सात वटा आउटलेट सञ्चालनमा रहेका छन् ।
यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरूलाई १० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँसम्मको क्यास ब्याकको व्यवस्था गरेको छ । यो योजना २०८१ पुस १९ देखि २०८२ पुस १६ सम्म लागू हुनेछ । यसैगरी, बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालयहरू तथा एक सय २५ वटा एटीएमहरू सञ्चालनमा रहेका छन् ।