काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित कमलादीस्थित स्काइवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्नेगरी दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त साझेदारिमा आईसीएफसी फाइनान्स लिमिटेडको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ र वन्डर्स नेपाल प्रालिको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञावालीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार फाइनान्सका ग्राहकहरूलाई वन्डर्स नेपालले स्काइवाक टावरमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।