काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक पाँच दशमलव ३२ अंकले उकालो लागेर २५ सय ९१ दशमलव ५६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६७ अंकले घटेर चार सय ४२ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २७ वटा कम्पनीहरुको ६१ हजार एक सय ६७ पटक शेयर किनबेच भएको छ । जसबाट ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ८६ करोड दुई लाख एक हजार नौं सय ७४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका आट वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक पाँच दशमलव ३२ अंकले उकालो लागेर २५ सय ९१ दशमलव ५६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६७ अंकले घटेर चार सय ४२ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।