काठमाडौँ, साउन १
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनोन आचार्य नियुक्त भएका छन् । संस्थाका अनुुसार साउन एक गते अर्थात् आज बिहिबारदेखि कार्यान्वयनमा आउने गरी आचायलाई प्रमुुख कार्यकारीमा नियुक्त गरेको हो । २०७७ श्रावण १ देखि लागू हुनेगरी विनोद आचार्य नियुक्त भएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशील रहेका आचार्यले व्यवस्थापन विषयमा एमपीए तथा एमबीए गरेका छन् । केही महिनादेखि उनले वित्तीय संस्थामा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यसअघि नै उनले आरम्भ लघुवित्त वित्तीय संस्था लिमा प्रमुखक ार्यकारी अधिकृतको भूमिका निर्वाह गरिसकेका छन् । यसैगरी आरम्भ लघुवित्तभन्दा अघि उनले डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाहरूमा महाप्रबन्धकको जिम्मेवारी समेत निर्वाह गरेका थिए । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको संस्थाले हालसम्म ४८ ओटा शाखाहरूमार्फत् २७ ओटा जिल्लाहरूमा करिब ३३ हजार सदस्यहरूलाई लघुवित्तीय सेवा प्रदान गर्दै एक अर्ब ३० करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरूमा समेत आफ्ना सेवाहरू विस्तार गर्ने लक्ष्य लिएको छ ।