काठमाडौं । रेमिटेन्स कम्पनीहरूको छाता संगठन नेपाल रेमिटर्स एसोसिएसन (नेपाल विप्रेषक संघ) को अध्यक्ष पदमा रितेश मित्तल चयन भएका छन्  । यसअघि संंघमा महासचिव पदमा रहेका मित्तलले अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेका हुन् । कम्पनीको अध्यक्षमा यसअघि आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल रहेको संघले जानकारी जानकारी दिएको छ ।