काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ४९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने छ दशमलव १६ अंकले उकालो लागेर २६ सय ४६ दशमलव ८४ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८९ अंकले उकालो लागेर चार सय ५० दशमलव ४८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ६६ हजार छ सय २६ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने लगानी उपसमुहको सुचक स्थिर देखिएको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका आठ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।