काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मणिग्राम शाखाले घातक रोगबापत १५ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै पुगेर शुक्रबार उक्त रकम भुक्तानी गरेको हो ।
कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोगबापत १५ लाखको दाबी भुक्तानी गरिएको थियो । बीमित अमृतले २०७८ माघ २७ गते १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो दाबी दर्ता भएको थियो । घातक रोगको दाबी एक कार्यक्रममा भएको थियो भने कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भूमही शाखा प्रमुख प्रबिन कँडेल, मार्केटिङ दया तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
साथै, उक्त कार्यक्रममा एमडीआरटी माधव भुसाल, एमडीआरटी कमला जीसी कुँवर, सिनियर एजेन्सी मेनेजरहरू शालिकराम वस्ती, शालिकराम भण्डारी समेतको उपस्थिति थियो । एजेन्सी म्यानेजरहरू रेशम भाट, हिमाल राना, शलिकराम तिवारी, नुमकला पङेनी, टंंक भुसाल, बसन्ती गिरीलगायत अभिकर्ता, बीमित परिवार, आफन्तजन र स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले बीमाको महत्व र आर्थिक संकटमा ग्राहकलाई बीमित र परिवार जनलाई बिमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वासलाई थप सुदृढ गर्दै सेवा विस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहो¥याएको थियो । ‘ग्राहकहरूको जीवन सुरक्षामा हाम्रो प्राथमिकता’ नाराका साथ, रिलायबल नेपाल लाइफले यस्ता प्रयासलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ । नेपालको बीमा इतिहासमा कम्पनीले सर्वाधिक रकमको मृत्यु दाबीबापत चार करोड रुपैयाँ भुक्तानी गरेको स्मरण गर्दै, थप बलियो बनाएको छ । साथै, रिलायबल नेपाल लाइफले भविष्यमा पनि ग्राहकहरूको अपेक्षा पूरा गर्दै आफ्नो दायित्व कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
शुक्रबार सम्पन्न घातक रोगबापत दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, माधव भुसाल र सिनियर एजेन्सी मेनेजर शालिकराम वस्तीले मन्तव्यको क्रममा बीमाको अपरिहार्यता र महत्वलाई सबैले समयमै बुझ्नुपर्छ भन्ने मन्तव्य दिएको कम्पनीको भनाइ छ ।