काठमाडौँ । रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
पोल्याण्ड पठाइदिन्छु भन्दै अभियुक्त कृष्णले विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एक सय ५० लिएका थिए भने राजेशले आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पीडितले उजुरी दिएपछि कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।