काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिनदेखि नैं लगातार उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १८ दशमलव १४ अंकले ओरालो लागेर २६ सय ३५ दशमलव शुन्य नौं बिन्दुमा खुुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९७ अंकले ओरालो लागेर चार सय ४८ दशमलव ५४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ७३ हजार तीन सय नौं पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।