काठमाडौं, साउन २
सेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिन पनि उकालो लागेको छ । यसदिन बजार परिसूचक ३२ दशमलव ४२ अंकले उकालो लागेर १३ सय ९५ दशमलव ७७ अंकमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८१ अंकले उकालो लागेर दुुई सय ९५ दशमलव छ अंकमा पुुगेको छ । यसदिन एक सय ८० वटा कम्पनीहरूको कारोबार भएको छ । यसदिन कुुल एक १६ हजार पाँच सय ४५ वटा कारोबारमा २९ लाख १४ हजार पाँच सय १८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब चार करोड १७ लाख ७० हजार आठ सय ६७ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सेन्च लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएको छ । सो अनुुरूप १२ वटै समूहको सूचक उकलो लाग्दा सेयर बजार पूरै हरियो भएको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक ४० दशमलव ९९ अंकले उकालो लागेर ११ सय ९३ दशमलव ९९ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक ६० दशमलव पाँच अंकले उकालो लागेर १७ सय ७१ दशमलव ४८ अंकमा चढेको छ ।
जलविद्युुत् समूहको सूचक पनि नौ दशमलव ९२ अंकले उकालो लागेर नौ सय ७६ दशमलव १० अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि छ दशमलव ४८ अंंकले उकालो लागेर दुुई हजार चार सय ४५ दशमलव ४६ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७९ दशमलव ३७ अंकले उकालो लागेर छ हजार तीन सय २४ दशमलव ५५ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ३१ दशमलव १५ अंकले उकालो लागेर आठ हजार दुुई सय १८ दशमलव ४८ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १३ दशमलव ९१, १२ दशमलव २६, १६ दशमलव ८२, ४५ दशमलव ५५, छ दशमलव ७९ र शून्य दशमलव शून्य शून्य तीन अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया लघुुवित्त वित्तीय संंस्था सेयर मूल्य नौ रुपैयाँ ९६ पैसाले बढेर पाँच सय ८५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ रुपैयाँ १२ पैसाले बढेर तीन सय ३५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लक्ष्मी बैंक, पोखरा फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ओरन्टल होटल समूहको सेयर मूल्य छ रुपैयाँ ३८ पैसाले घटेर तीन सय आठ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको राधी जलविद्युुत् कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ तीन पैसाले घटेर एक सय ७० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक स्वालम्बन लघुुवित्त वित्तीय संस्था, सिभिल लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय २१ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ४१ लाख ७२ हजार पाँच सय ६४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता चार सय १३ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड २७ लाख ५७ हजार पाँच सय आठ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।