काठमाडौं । नेपाल क्वानकिडो संघको आयोजनामा ‘प्रथम अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार’ हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त सेमिनारको बारेमा जानकारी गराएको हो ।
माघ १, २ र ३ गते ललितपुरको सातदोबाटोमा सो सेमिनार हुने संघका अध्यक्ष सुवर्ण बिसीले जानकारी दिए । सेमिनारमा नानचाकु, चाकु, लाठी, सेल्फ डिफेन्स, मुमेन्ट, रेफ्री गरी विभिन्न विधामा प्रशिक्षण सञ्चालन हुनेछ । सेमिनारमा नेपालसहित विभिन्न डेशका दुई सय जना सिनियर प्रशिक्षार्थी सहभागी हुने संघका महासचिव टेकराज केसीले जानकारी दिए ।
सेमिनारमा सहभागी सिनियर प्रशिक्षाथीहरूलाई वर्ल्ड क्वानकिडो एशोसियसनका अध्यक्ष मास्टर रोबर्टो विस्मारा, उपाध्यक्ष डा. लुईगी सान्तापागा, विज्ञ लुका डे टोफोल, चिल्ड्रेन हेड एन्जिलो टोरमिना, हेड अफ ड पर्सनल डिफेन्स इन इटालीका डेनियल सियाफ्रो, हेड अफ द ताम ड जिम्नास्टिक्स इन इटालीका बारबारा रिभा, सबरीना क्यालभालती लगायत एशियन टेक्निकल डाइरेक्टर भुवन बुढा मगरले प्रशिक्षण दिनेछन् ।