काठमाडौं । एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनी महानुभावहरूको उपस्थितिमा यही बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभामा बैंकका सेयरधनीहरूले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए । बैंकको २०८१ असारसम्ममा खुद नाफा दुई अर्ब २४ करोड, निक्षेप दुई खर्ब २७ अर्ब १० करोड रूपैयाँ र कर्जा दुई खर्ब चार अर्ब ६१ करोड रूपैयाँ रहेको छ । बैंकले हाल देशभर दुई सय एक वटा शाखा, एक सय ८७ वटा एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।