काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शुक्रबार चितवनको सौराहामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसँगै सेयरधनीहरूलाई नौ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयरपश्चात यस संस्थाको चुक्ता पुँजी एक अर्ब ८६ करोड ८२ लाख ८५ हजार पुगेको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २३ औँ वार्षिक साधारण सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्षले स्पष्ट पारेका थिए । साथै, सभामा प्रमुख कार्याकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए ।