काठमाडौ । शेयर बजार राताम्मै देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से २५ दशमलव ४१ अंकले ओरालो लागेर २६ सय नौ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५५ अंकले ओरालो लागेर चार सय ४३ दशमलव ९९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय एक वटा कम्पनीहरुको ४६ हजार छ सय १४ पटक शेयर किनबेच भएको छ । जसबाट ८० लाख २१ हजार छ सय ३१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम भने तीन अर्ब ९९ करोड ७९ लाख नौं हजार तीन सय २३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिुत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक घटेर नेप्से परिसुचक पुरै रातो भएको छ ।