काठमाडौं । घर थिएन, संसारै थिएन । अहिले घर छ, सबै कुरा भएजस्तो छ । खानेकुरा भएन भने मागेर पनि पाइन्छ, छर छिमेकमा एैँचोपैँचो गरेर पनि पाइन्छ, ज्याला गरेर पनि पाइन्छ । तर घर त नपाइँदो रहेछ । यस्तै थियो, हाम्रो नियती र भोगाइ । दुःखमा भगवान्ले पनि साथ छोड्छ भन्थे क्यारे । तर, त्यो होइन रहेछ, हाम्रोे दुःखमा भगवान् हाम्रो साथ देखिए । जसले दुःखमा, अप्ठ्यारोमा साथ दिन्छ, निःस्वार्थ भावले सहयोग गर्छ, भगवान् सायद त्यही हो । भुइँचालोले घर लाग्यो, अहिले घर छ । साँचो अर्थमा भन्नुपर्दा हाम्रो लागि घर दिने भगवान् नबिल बैंक हो । नबिल बैंकले गर्दा नै अहिले हाम्रो घर छ, यो जाडोमा हाम्रा सन्तानले न्यानो पाएका छन्, ओत पाएका छन्, यो सबै नबिल बैंकले गर्दा सम्भव भएको हो । यदि नबिल बैंक थिएन भने यो घर, यो न्यानो, यो ओत हुने थिएन होला, मेरा सन्तानहरू चिसोमा कठ्याङ्ग्रिएका हुन्थे होला, यसो भन्दै गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १ की रमिता विकको आँखा रसाए ।
‘एउटा छोरा, एउटी छोरी छे सर । भूकम्पले घर लगेको थियो । छोराले भर्खर तीन महिनाअघि छात्रवृत्तिमा नाम निकालेर यूके गयो । छोरी १५ वर्षकी छे । बुढा कामको लागि बाहिर छन् । हामी यही नबिल बैंकले बनाइदिएको घरमा बसिरहेका छौँ’, उनले भनिन्, ‘घर साँघुरै छ, तर केही नभएको अवस्थामा यो सबथोक रहेछ सर !’ रुकम चौरजहारी वडा नं १ का वडा अध्यक्ष इन्द्र गिरी पनि नबिल बैंकले आफ्नो वडामा ४९ वटा अस्थायी आवास बनाइदिएको बताउँछन् । ‘हामीले हाम्रो स्रोत र साधनले भ्याएसम्म भूकम्पपीडितलाई सहयोग गर्यौँ, बैंकले अस्थायी आवास बनाइदियो तर अझै हामीले ठोसरूपमा भूकम्पपीडितलाई व्यवस्थापन र पुनरुत्थान गर्न सकेका छैनौँ, यसको लागि केन्द्र सरकारले सहयोग गर्नुपर्छ’, वडा अध्यक्ष गिरी भन्छन् ।
यी केही भनाइहरू जाजरकोट र रुकुम पश्चिमका ९६ भन्दा बढी परिवारको साझा भनाइ हुन् । विसं २०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पु¥याएको थियो । त्यसपछि घरवासविहीन भएका ९६ परिवारलाई नबिल बैंकले अस्थायी आवास बनाएर हस्तान्तरण गरेको थियो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रङ्गरोगन, किलाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो । अस्थायी आवास हस्तान्तरणपछि नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले भूकम्पबाट प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिएका थिए । उनीहरूले निजी क्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेको कार्य निकै नै प्रशंसनीय रहेको बताए ।
नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण एक विशेष कार्यक्रमका बीच गरेको थियो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैँ प्रतिबद्ध रहेको बताएका थिए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई सहयोग पुर्याउने उद्देश्यले नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यो परियोजना अघि बढाएको बताएका थिए । नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रङ्गरोगन, किलाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।
२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँबराबरको सहयोगको घोषणा गरेको थियो । सोहीअनुरूप तत्काल राहत सामग्री वितरण साथै पराकम्पको त्रास, चिसो मौसमको कष्ट तथा घरसम्पत्ति र परिवारका सदस्य गुमाउनु पर्दाको पीडासँगै त्रिपालमा बस्न बाध्य भएका भूकम्पबाट प्रभावितहरूका लागि नबिल बैंकले राहत प्रदान गर्न अस्थायी आवास निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।