काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष, जयन्ती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष, परशुराम शर्मा पहारीलाई औपचारिकरूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे, सञ्चालक, पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पण्डा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय–समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेकोे छ ।
बैकले हाल एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २२ वटा एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।