काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङता भएका व्यक्तिहरूको हकहित र अधिकारको निम्ति लामो समयदेखि निरन्तररूपमा काम गर्दै आएको अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिविहीनहरूको सहभागितामा अपाङ्गता संरक्षण नेपालद्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित दृष्टिविहीनहरूलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरूको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने विश्वास बैंकले लिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।