काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले सात प्रतिशत लाभांश पारित गरेको छ । सोमबार १७ औं वार्षिक साधारणसभामार्फत् लाभांश पारित गरेको हो । साधारणसभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसँगै सेयरधनीलाई चार प्रतिशत नगद लाभांश र तीन प्रतिशत बोनस सेयरसहित कुल सात प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो । देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।