काठमाडौं । मुक्तिनाथ विकास बैंकले सोमबार पोखरामा आफ्नो १८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष श्री भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आव २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै प्रतिसेयर एक सयका दरले एक अर्ब बराबरको मुक्तिनाथ आठ दशमलव पाँच प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृतिपश्चात जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।