काठमाडौं । शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंस्थित अलफ्ट होटलमा सोमबार एक कार्यक्रमको आयोजना गरी रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन् । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्च–गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको छ ।
रेड्मी नोट १४ प्रो+५जी : रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ । यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ । ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस दुई प्रयोग गरिएको छ । यो फोनमा रहेको स्न्यापड्रागन सात एस जेन तीन चिपसेटले उच्च स्पिड र प्रदर्शन सुनिश्चित गर्छ । ८ जीबी+२५६ जीबी र १२ जीबी +५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउँछ ।
२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६–इन–१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडेलमा आठ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ । डायनामिक सट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँछ । ५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ । यसमा एआई विशेषताहरू गुगलको सर्कल टुसर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एआई ब्युटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन रहेका छन् । रेड्मी नोट १४ प्रो+ ५जी को मूल्य क्रमशः ४९ हजार नौ सय ९९ रुपैयाँ र ५४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
रेड्मी नोट १४ प्रो ५जीः स्लिम डिजाइन रहेको रेड्मी नोट १४ प्रो ५जीमा आइपी ६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ । मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा स्टाइलिश फिनिस रहेको छ । चार एनएम प्रोसेसमा आधारित मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोनले उच्च प्रदर्शन प्रदान गर्छ । यो मोडल ८जीबी+२५६जीबी, र १२जीबी+५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ । यो फोनमा मूल्य क्रमशः ३९ हजार नौ सय ९९ रुपैयाँ र ४४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
ओआईएससहितको २०० मेगापिक्सेलको मुख्य क्यामराले जस्तोसुकै लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्दछ । आठ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफीलाई अझ रोमाञ्चक बनाउँछ । साथमा एआई ब्युटिफाइ, एआई इरेज प्रो र डुअल भिडियो फिचरले फोटोग्राफी अनुभवलाई अझ स्तरीय बनाउँछ । ५११० एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ फिचर सहितको यो स्मार्टफोनले लामो समयसम्म प्रयोग गर्न सकिनेछ । एआई विशेषताहरू यसमा सर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्युटीफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन रहेका छन् ।
रेड्मी नोट १४ ५जीः आइपी ६४ डस्ट र स्प्ल्यास रेजिस्टेन्स सुविधा रहेको रेड्मी नोट १४ ५जी ले दैनिक प्रयोगमा आउन सक्ने चुनौतीहरूलाई सजिलै सामना गर्न सक्ने कम्पनीले बताएको छ । कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग भएको यो मोडल मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध रहेको छ । मिडियाटेक डाइमेन्सिटी ७०२५–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुनेछ । ८जीबी+२५६जीबी र १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११० एमएएचको ब्याट्री र ४५ वाटको टर्बो चार्जिङको सुविधा रहेको छ ।
ओआईएससहितको १०८ मेगापिक्सेलको मुख्य क्यामराले उत्कृष्ट डिटेलसहितको तस्बिर खिच्दछ । आठ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफी अनुभवलाई अझ रोमाञ्चक बनाउँदछ । एआई विशेषताहरू भने यसमा गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्युटीफाइ छन् । यो फोन ३० हजार नौ सय ९९ रुपैयाँ र ३५ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ ।
रेड्मी नोट १४ : मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लु र लाइम ग्रिन रंगमा उपलब्ध रहेको रेड्मी नोट १४ मा आकर्षक र एर्गोनोमिक डिजाइन रहेको छ । आठ दशमलव १६ मिलिमिटर मोटाइ र १९६ दशमलव पाँच ग्राम तौलले यो मोडल हातमा चलाउन निकै सहज हुन्छ । छ एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९–अल्ट्रा चिपसेटले रेड्मी नोट १४ मल्टिटास्किङ र गेमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यो मोडल ६जीबी +१२८ जीबी र ८जीबी+२५६जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।
१०८ मेगापिक्सेलको मुख्य क्यामराको साथमा दुई मेगापिक्सेलको डेप्थ र दुई मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको यो स्मार्टफोनले डिटेलयुक्त र आकर्षक तस्बिर खिच्दछ । त्यसैगरी २० मेगापिक्सेलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फीहरू खिच्दछ । ५५०० एमएएचको ब्याट्री र ३३ वाटको टर्बो चार्जिङ सुविधासहितको रेड्मी नोट १४ लामो समयसम्म चलाउन सकिन्छ भने यो चार्ज पनि छिटो हुन्छ । यसमा एआई विशेषताहरू गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्युटीफाइ रहेका छन् । यो फोनको मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ र २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।