काठमाडौँ । माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकका विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । उनले मंगलबार जारी शुभकामना सन्देशमा राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् ।
थारू समुदायले माघीलाई महत्त्वपूर्ण चाड एवं नयाँ वर्षका रूपमा मनाउने गर्छन् । तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व छ । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडका रूपमा धुमधामका साथ मनाउँछन् । माघे सङ्क्रान्तिलाई तरुल, चाकु, तील तथा खिचडी आदि विभिन्न परिकार बनाएर खाने दिनका रूपमा पनि लिइन्छ