काठमाडौं । लक्ष्मी सस्टेनेबल इनर्जी फन्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । लक्ष्मी सनराइज बैंक, प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले सोमबार पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । नवीकरणीय ऊर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलविद्युत् तथा दिगो ऊर्जा क्षेत्रमा लगानी गरेको छ ।
लक्ष्मी सस्टनेबल इनर्जी फन्ड, नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रूपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो ऊर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य विविध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।