ललितपुर । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरी फोनपेको सेयरधनीहरूलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १० दशमलव ५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको छ । साथै, आव २०८१/८२ को लेखापरीक्षकका लागि एनबीएसएम एन्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।