काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको संस्थाको अध्यक्ष विष्णुुकुुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासीमा सोमबार संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानेश्वर पन्तले सभा सञ्चालन गरेकी थिइन् भने उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनीहरूलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले स्वागत गरेका थिए ।
साधारणसभाले मुख्यतया आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिसनसम्बन्धी प्रस्तावहरू र आगामी आर्थिक वर्ष २०८१/८२ को लागि लेखारीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावहरू पारित गरेको थियो ।