काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको नौ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणले सेयरधनीहरूलाई चुक्ता पुँजी पाँच अर्ब दुई करोड ७० लाख रुपैयाँको आठ दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले ४२ करोड ९८ लाख आठ हजार पाँच पाँच सय रुपैयाँ बराबरको ४२ लाख ९८ हजार ८५ थान बोनस सेयर र उक्त बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि दुई करोड २६ लाख २१ हजार पाँच सय रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा काठमाडौंमा आयोजना गरेको सभाले कम्पनी सञ्चालक समितिको निर्णयले वार्षिक साधारणसभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आगामी आव २०८१।८२ का लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पारित गरेको थियो । बोनस सेयर वितरण गरेपश्चात कम्पनीको चुक्ता पुँजी समेत वृद्धि भई पाँच अर्ब ४५ करोड ६८ लाख आठ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ ।