काठमाडौं । नेपाल हस्तकला महासंघको अध्यक्षमा रवीन्द्र शाक्य निर्वाचित भएका छन् । महासंघको ४४औँ साधारणसभाले शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा राजमान बज्राचार्य, उपाध्यक्षहरूमा जिल्ला र प्रदेश हस्तकला संघतर्फबाट मलिका श्रेष्ठ, वस्तुगत संघतर्फ श्रीकृष्ण प्रजापति, उद्योगतर्फ सविता महर्जन, वाणिज्यतर्फ प्रताप शाक्य, व्यक्तिगततर्फ नविन शाक्य, एसोसिएट किरण कुमार स्थापित चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा मात्रिका देवी प्रसाई, रमेशराज बज्राचार्य, उपेन्द बाराही, धनप्रसाद लामिछाने, अमूल्य देवी शाक्य, राजीव शाक्य, विक्रम सिंह महर्जन, अवनिश प्रधानाङ्ग, प्रवीन बहादुर शाक्य, मिलन वीर मालाकार, उदीप शाक्य, विकास शाक्य, माणिकमान शाक्य, सुजनरत्न शाक्य र दिपेन्द्र शाक्य चयन भएका छन् ।
हस्तकला उद्योग, व्यवसाय र निकासी प्रवर्द्धनका साथै यस क्षेत्रमा संलग्न उद्यमी, व्यवसायी, कलाकार, कालिगढहरूको हित प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघको स्थापना भएको हो । महासंघको निर्वाचनबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्ष एक/एक जना, उपाध्यक्ष छ गरी आठ जना पदाधिकारी र १५ सदस्यीय कार्यसमिति गरि २३ स्थानका लागि निर्वाचन भएको थियो । महासंघको विधानअनुसार निवर्तमान अध्यक्ष पदेन कार्यसमिति सदस्य रहने र एक जना महिलासहित दुई जना अध्यक्षले मनोनित गर्न पाउनेछन् ।