काठमाडौं । शेयर बजार परिसुुचक नेप्से झिनो अंकले बढेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से परिसुचक एक दशमलव ८३ अंकले उकालो लागेर २५ सय ९५ दशमलव ९६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज दुई दशमलव ४१ अंकले ओरालो लागेर चार सय ३९ दशमलव शुन्य एक बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९९ वटा कम्पनीहरुको ६३ हजार तीन सय ७४ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर खरिद बिक्री भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् ।