प्यूठान । आज बिहान बेवारिसे अवस्थामा सरुमारानी गाउँपालिका-२ दर्भानमा नवजात शिशुको शव भेटिएको छ । फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिएका छन् ।