काठमाडौ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । लाजिम्पाटस्थित होटल एम्बास्डरमा बुधबार आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता घोषणा गरिएको हो ।
काठमाडौंका रवि अर्यालले सो कार जितेका थिए । उक्त कारको साँचो विजेता अर्याललाई हस्तान्तरण गरिएको थियो । साथै, उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैँले व्यहोर्ने पनि जनाइएको छ । स्मार्ट एप्लायन्सेस् प्रालिको ‘स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म सञ्चालन गरिएको थियो । यसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्रमार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४० प्रतिशतसम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो । स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैं प्राथमिकता दिँदै आएकोले हरेक घर—परिवारमा आफ्नो विश्वास कायम राख्दै आएको छ ।