काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तररूपमा अनाथ बालबालिकाहरूका लागि काम गर्दै आएको रिन्यु फाउन्डेसन नेपाल (नवीकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना बालबालिकाहरूले आश्रय लिइरहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्री र वाटर डिस्पेन्सर उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप बालबालिकाहरूलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे । संस्था तथा त्यहाँ रहेका बालबालिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरूले अनाथ बालबालिकाको हेरचाह र शिक्षाको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआर एन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
बैंकले हाल देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।