काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही पुस २८ गते काठमाडौमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । यसका अतिरिक्त सभाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब २६ करोड ८२ लाख ७० हजार नौं सय रुपैंयाँ पुग्ने छ । सभाले अधिकृत पुँजी वृद्धि गरी दुई अर्ब २५ करोड रुपैँयाँ पु¥याउने प्रस्ताव पनि पारित गरेको छ ।