काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही पुस २८ गते काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । यसका अतिरिक्त सभाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब २६ करोड ८२ लाख ७० हजार नौ सय रुपैयाँ पुग्नेछ । सभाले अधिकृत पुँजी वृद्धि गरी दुई अर्ब २५ करोड रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू निर्विरोध पुनःनिर्वाचित गरेको छ । वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनःनिर्वाचित भएका छन् ।