काठमाडौं, साउन ४ नेपाल रेडक्रस सोसाइटी र कोका—कोला नेपालले कोभिड—१९ महामारीका बाबजुद सक्रियताका साथ आफ्नो काममा खटिरहेका सात सयभन्दा बढी स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई सुरक्षा सामग्रीहरु वितरण गरेको छ । कोभिड—१९ को फैलावटलाई कम गर्न अग्रपंक्तिमा समर्पित रहेर काम गरिरहेका रेडक्रस एम्बुलेन्सका सवारी चालकहरु, रक्तसञ्चार सेवाका प्राविधिकहरु तथा क्वारेन्टिनमा खट्ने स्वयंसेवकहरुको लागि एन९५ मास्क, सुरक्षा बुट र स्यानिटाइजर जस्ता व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरिएको हो । असार १७ गतेबाट सुरु गरिएको सो वितरण कार्यक्रम हालसम्म, सुदूरपश्चिमका केही जिल्ला र प्रदेश १ बाहेक देशभरका सबै जिल्लाका रेडक्रसका अधिकारीहरुलाई सुरक्षा साम्रगीहरु हस्तान्तरण गरिसकेको छ । सबै जिल्लाहरुमा वितरण कार्यक्रम यही साताभित्र सम्पन्न हुने बताइएको छ ।