काठमाडौं ।ललितपुरस्थित डीएभी कलेजले आयोजना गरेको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कपको उपाधि नागार्जुन कलेजले हात पारेको छ । कलेजले उपाधि कपसँग एक लाख पचास हजार रूपैयाँ समेत जितेको छ ।
विजेता टोलीलाई त्रिशुली भिल्लाले समेत फ्रि ¥याफ्टिङ प्याकेज प्रदान गरेका छ । त्यसैगरी रनर—अप हुँदै पास्कल कलेजले ७५ हजार रूपैयाँसहित रनर—अप ट्रफी हात पार्यो । उक्त प्रतियोगितामा पास्कल कलेजका आभाष योञ्जनले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै, नागार्जुन कलेजका खेलाडीद्वय रिषभ श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र श्रेवन श्रेष्ठले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । विजेता र उप विजेता दुवै टोलीलाई मेडलसहित मेरिट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा कलेजका अध्यक्ष अनिल केडियालगायत कलेजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
टुर्नामेन्ट अवधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरू गरी करिब पाँच हजार दर्शकहरूको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता वीज्जीडीएभी इभेन्ट क्लबको आयोजना र डीएभी कलेजको सर्मथनमा सञ्चालन गरिएको हो । टुर्नामेन्टको सञ्चालन विभागीय प्रमुख सुदीप अधिकारी, वीज्जीडीएभी इभेन्ट क्लबका प्रेसिडेन्ट र रहिता शाक्य, भाइस—प्रेसिडेन्ट मनश्री शाक्य र सेक्रेटरी महेश्वर सिलवालले गरेका थिए । सो टुर्नामेन्ट पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको थियो ।
उक्त टुर्नामेन्टमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका बीसीए कलेज सम्बद्ध २४ टिमको सहभागिता रहेको थियो । बीसीए कलेजहरू बीच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संकरण आयोजना गरिएको डीएभी कलेजले जनाएको छ ।