काठमाडौँ । पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको नेपाली कांग्रेसले निन्दा र भत्सर्ना गरेको छ ।
कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको थियो । सो आक्रमणमा उनको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ ।
विज्ञप्तिमार्फत उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।