काठमाडौं, काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर अधिवक्त्ता दिनेश त्रिपाठीलाई हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि माघ २ गते त्रीपाठीलाई रास्वपा समर्थकहरुले दुरब्यवहार गरेका थिए । (रास्वपा) सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि त्रिपाठीले उनको बिरुद्धमा सरकारी पक्षबाट बहस गरेका थिए ।
बहस सकिएर बाहिर निस्कने क्रममा ठूलो भिडमा रहेका मानिसहरुको भिडबाट केहि मानिसहरुले त्रिपाठीलाई दुरव्यवहार गरेको भिडीयोमा देखिएको थियो । त्रिपाठीलाई आक्रमण गर्नेमा दोलखा तामाकोशी गाँउपालिका वडा नं ०१ स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं.५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार के.सी. रहेको प्रहरीले बताएको छ ।
उनलाई अहिले नियन्त्रणमा लिई ज्यान मार्ने उधोग कसुरमा मुद्दा चलाईएको छ । अहिले उनलाई काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको । घटनामा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिरहेको छ ।