विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशसभाको छैटौँ अधिवेशन सोमबार अपरान्ह २ बजे बस्नेगरी आह्वान गरेका छन् ।

कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको जानकारी दिए ।