काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । फाइनान्सले यही माघ नौ गतेदेखि सात वर्ष अवधिको वार्षिक नौ प्रतिशत व्याजदरमा नौ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो ।
प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको तीन लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएको फाइनान्सले जानकारी दिएको छ । निष्काशन गरिने कुल ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १२ करोड रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट हुने छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् छ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको फाइनान्सले जानकारी दिएको छ । लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतममा एक लाख २० हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको निष्क्राशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको ऋणपत्रको बिक्री कार्य छिटोमा यही माघ १३ गते हुनेछ भने ढिलोमा माघ २३ गते हुनेछ ।