काठमाडौं । टेक्नोले एक ग्राउन्डब्रेकिङ सिएमएफ टेक्नोलोजी लन्च गरेको छ । कम्पनीका अनुसार यो प्रविधिले अल्ट्रा–फाइन अप्टिकल फाइबरलाई मिनी–एलईडी लाइटका साथ स्मार्टफोनको ब्याट्री कभरमा संयोजन गर्नेछ ।
इनोभेटिभ टेक्नोलोजी ब्रान्ड टेक्नोले सिईएस २०२५ मा आफ्नो वर्षको पहिलो सफलताको कथाका रूपमा अप्टिकल फाइबर टेक्नोलोजीको अनावरण गरेको हो । कम्पनीका अनुसार यस प्रविधिले अल्ट्रा–फाइन अप्टिकल फाइबरलाई मिनी–एलईडी लाइटसँग विस्तृतरूपमा संयोजन गर्ने र तिनीहरूलाई स्मार्टफोनको ब्याट्री कभरमा सहजरूपमा समावेश गर्ने गर्दछ । यसले सिएमएफ (रङ, सामग्री, फिनिस) प्रविधिमा टेक्नोको अभिनव प्रगतिलाई हाइलाइट गर्छ र स्टाइलिस डिजाइनहरूको लागि अप्टिकल फाइबर सामग्रीहरू प्रयोगमा टेक्नोको अग्रसरता देखाउँछ ।
टेक्नोको स्टारी अप्टिकल फाइबर टेक्नोलोजीले फोनलाई एक अत्यन्तै आकर्षक र मनमोहक लुक प्रदान गर्छ । यो प्रविधिले यसको उपयोगिता र प्रभावलाई विस्तार गर्दै स्मार्टफोन र ट्याब्लेटलगायत विभिन्न डिभाइसहरूमा लागू गर्ने सम्भावना बनाएको छ । यसको चमकदार उज्याला भिजुअल इफेक्टबाहेक, स्टारीअप्टिकल फाइबर टेक्नोलोजीले ऊर्जा दक्षतालाई पनि जोड दिन्छ । अप्टिकल फाइबर र एलईडी लाइट फोनको ब्याट्रीको आयु बलियो रहिरहने सुनिश्चित गर्दै पर्फमेन्समा कुनै सम्झौता नगरी प्रभावकारी पावर खपतको लागि डिजाइन गरिएको हो । साथै फाइबर र लाइट व्यवस्थित गर्ने तरिकाले फोनलाई लामो समयसम्म प्रयोग गर्दा पनि चिसो रहन मद्दत गर्छ ।
स्टारी अप्टिकल फाइबर टेक्नोलोजी टेक्नोको नवीनतम फ्ल्यागसिप फोल्डेबल स्मार्टफोन, प्यान्टोम भि, फिलिफ दुई फाईभ जीमा समावेश गरिएको कम्पनीले जनाएको छ । यो डिभाइस स्टाइलिस रहनुका साथै अत्याधुनिक एआई प्रविधि प्रयोग गरिएको छ । तीन दशमलव ६४ इन्चको थु्र पोल कभर कभर स्क्रिन र अलिकति कर्भड मेन बडी भएको यस फोनले स्टारी अप्टिकल फाइबर टेक्नोलोजीद्वारा उत्कृष्ट अनुभव प्रदान गर्दछ । स्टाइलिस डिजाइनका साथ नवीन प्रविधिको संयोजनका लागि परिचित टेक्नोले स्मार्टफोनको उत्कृष्ट अनुभव सुधार गर्न जारी राखेको छ । स्टारी अप्टिकल फाइबर टेक्नोलोजीले कलात्मक डिजाइनलाई अत्याधुनिक सुविधाहरूको साथ संयोजन गरेर यसको एक उदाहरण पेश गरेको हो । टेक्नोले विश्वभरका प्रयोगकर्ताहरूलाई प्रेरित र सशक्तीकरण गर्ने अझ बढी परिवर्तनकारी प्रविधिहरू प्रदान गर्ने लक्ष्य राख्दै भौतिक विज्ञानमा निरन्तररूपमा महत्वपूर्ण प्रगति गरिरहेको दाबी गरेको छ ।