काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढेपछि यसको असर बैंकहरूको नाफामा परेको छ । वाणिज्य बैंकहरूले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूको नाफा घटेको देखिन्छ ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले गत पुस मसान्तसम्म २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ६२ प्रतिशत अर्थात् एक अर्ब ३२ करोड ८२ लाख ४७ हजार रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा २८ अर्ब ७६ करोड ५२ लाख ४१ हजार रुपैयाँ थियो ।
गत वर्ष पुस मसान्तमा तीन दशमलव २७ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा अहिले बढेर चार दशमलव ३३ प्रतिशत पुगेको छ । बैंकहरूको निष्क्रिय कर्जा एक दशमलव शून्य छ प्रतिशत विन्दुले बढेको छ ।
यस आर्थिक वर्षको छ महिनामा नबिल बैंकले सबैभन्दा धेरै तीन अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा नबिलको निष्क्रिय कर्जा एक दशमलव ७० प्रतिशत छ । एक वर्षअघि २०८० पुस मसान्तमा नबिलको नाफा तीन अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा एक दशमलव २० प्रतिशत थियो ।
नबिल पछि ग्लोबल आईएमई बैंकको नाफा धेरै छ । ग्लोबल आईएमईले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तीन अर्ब पाँच करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ८६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा ग्लोबलले दुई अर्ब चार करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा चार दशमलव ६८ प्रतिशत थियो । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव ९६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले दुई अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव शून्य सात प्रतिशत निष्क्रिय कर्जा देखिएको थियो ।
प्रभु बैंकले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा पाँच दशमलव शून्य छ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रभुले ७२ करोड तीन लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा आठ दशमलव १२ प्रतिशत थियो । कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र एभरेष्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा क्रमशः २७ करोड ५७ लाख ३० हजार, दुई अर्ब ८३ करोड २३ लाख २६ हजार र दुई अर्ब सात करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् भने निष्क्रिय कर्जा क्रमशः छ दशमलव ९६, एक दशमलव ६७ र शून्य दशमलव ६६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः ८८ करोड ७२ लाख ११ हजार, एक अर्ब ८० करोड १९ लाख ४४ हजार र एक अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ९७, एक दशमलव २० र शून्य दशमलव ७७ प्रतिशत निष्क्रिय कर्जा थियो ।
एनएमबी, सानिमा, हिमालयन र माछापुच्छे« बैंकले गत साउनदेखि पुस मसान्तसम्म क्रमशः दुई अर्ब ३५ लाख ४० हजार, एक अर्ब १९ करोड २३ लाख ११ हजार, एक अर्ब ५१ करोड ८७ लाख ८७ हजार र ८० करोड ७३ लाख २७ हजार रुपैयाँ नाफा कमाएका छन् । यस अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ९६, एक दशमलव ५१, चार दशमलव ९८ र चार दशमलव ५४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमश एक अर्ब ३७ करोड ५९ लाख ८७ हजार, एक अर्ब १३ कारेड ८६ लाख १४ हजार, एक अर्ब ५० करोड ३९ लाख ७४ हजार र ८० करोड ५३ लाख ८० हजार रुपैयाँ नाफा कमाएका थिए भने निष्क्रिय कर्जा क्रमशः दुई दशमलव ८६, शून्य दशमलव ७५, चार दशमलव ९५ र दुई दशमलव ६२ प्रतिशत थियो । लक्ष्मी सनराइज, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकले भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब १६ करोड २० लाख ७६ हजार, ९० करोड दुई लाख ८१ हजार, एक अर्ब ६४ करोड छ लाख ३० हजार र ५३ करोड दुई लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव ६७, तीन दशमलव ५५, एक दशमलव ७१ र चार दशमलव ५० प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यी बैंकहरूले क्रमशः एक अर्ब पाँच करोड ९२ लाख १० हजार, ८४ करोड पाँच लाख ४१ हजार, एक अर्ब ७२ करोड ६४ लाख २८ हजार र एक अर्ब १३ करोड ६८ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ६७, दुई दशमलव ३९, एक दशमलव ६० र दुई दशमलव ५६ प्रतिशत निष्क्रिय कर्जा थियो ।
कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र एनआईसी एसिया बैंकले पनि क्रमशः ९५ करोड ७५ लाख ४९ हजार, ६६ करोड १८ लाख २८ हजार र १५ करोड १७ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् । यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ९०, चार दशमलव ८५ र एक दशमलव ४७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ३५ करोड ५२ लाख ७५ हजार, ७८ करोड २७ लाख ८४ हजार र एक अर्ब ९० करोड ३५ लाख सात हजार रुपैयाँ नाफा कमाएका थिए भने निष्क्रिय कर्जा क्रमशः तीन दशमलव शून्य दुई, चार दशमलव शून्य सात र शून्य दशमलव ५८ प्रतिशत थियो ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले पुससम्म ७६ करोड ३० लाख ३३ हजार र ४६ करोड १० लाख १७ हजार रुपैयाँ नाफा कमाएका छन् भने निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ९५ र चार दशमलव ९९ प्रतिशत छ । एक वर्षअघि यी बैंकहरूको नाफा क्रमशः दुई अर्ब एक करोड ५३ लाख ८८ हजार र ५९ करोड ५१ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा तीन दशमलव ९५ र चार दशमलव ५० प्रतिशत थियो ।