काठमाडौं, साउन ४
यस साता सेयर बजार परिसूचक १३ सय ९४ दशमलव ७७ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ९५ दशमलव छ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ६६ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ७९ हजार दुई सय नौ वटा कारोबारमा एक करोड ६१ लाख सात हजार पाँच सय ७८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम पाँच अर्ब ३९ करोड ६६ लाख १३ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा बढी हो ।
गत भने साता धितोपत्र बजारमा एक सय ६० कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ९० हजार दुई सय दुई वटा कारोबारमा एक करोड ३६ लाख २६ हजार दुई सय ५३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम पाँच अर्ब १६ करोड दुई लाख छ हजार ६६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसअनुसार पाँचै दिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।
पहिलो दिन बजार परिसूचक नौ दशमलव दुई अंकले बढेर १३ सय ४० दशमलव २९ विन्दुमा चढेको थियो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९३ अंकले उकालो लागेर दुई सय ८१ दशमलव ४२ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक दुई दशमलव १२ अंकले बढेर १३ सय ४२ दशमलव ४० विन्दुमा चढेको थियो ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ बढेर दुई सय ८२ दशमलव २३ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो । उक्त दिन बजार परिसूचक पाँच दशमलव चार अंकले उकालो लागेर १३ सय ४७ दशमलव ४४ अंकमा चढेकोमा सेधन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९५ अंकले उकालो लागेर दुई सय ८४ दशमलव १८ अंकमा चढेको थियो ।
चौथो दिन भने बजार परिसूचक १४ दशमलव नौ अंकले उकालो लागेर १३ सय ६२ दशमलव २४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले उकालो लागेर दुई सय ८८ दशमलव २४ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक ३२ दशमलव ४२ अंकले उकालो लागेर १३ सय ९४ दशमलव ७७ अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८१ अंकले उकालो लागेर दुई सय ९५ दशमलव पाँच अंकमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक, एनएमबी बैंक आदि परेका छन् । कारोबार भएको सेयर संख्याको आधारमा पनि नेपाल पुनर्बीमा कम्पनी, एनएमबी बैंक, एनआईसी एसिया बैंक, ग्लोवल आईएमई बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरु अगाडि परेका छन् । यस साता युनाइटेड फाईनान्स, मञ्जुश्री फाइनान्स, नेपाल एसबीआई बैंक र छिमेक लघुवित्त विकास बैंकको बोनस तथा ऋणपत्र सूचीकृत भएका छन् ।