काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन आदिवासी जनजाति आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।